नियम
विषादी पञ्जीकरण गर्ने

४.  विषादी पञ्जीकरण गर्ने

(१) नियम ३ बमोजिम विषादी पञ्जीकरण गराउनको लागि कुनै निवेदन परेमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो विषादीबाट
मानिस वा पशुपंक्षीलाई वा पर्यावरणमा पर्ने असरलाई ध्यानमा राखी बिना कुनै शर्त वा शर्त सहित पञ्जीकरण गरी निवेदकलाई समितिले तोकिदिएको ढाँचामा विषादी पञ्जीकरणको प्रमाणपत्र दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दिइएको विषादी पञ्जीकरण प्रमाणपत्रको मान्यता अवधि पाँच वर्ष हुनेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कार्यालयले विषादी पञ्जीकरण गर्ने सम्बन्धमा निवेदकहरूसँग मागेको विषादीसँग सम्बन्धित तथ्यांकहरू प्राप्त नहुञ्जेलसम्म विषादी पञ्जीकरण गर्ने छैन ।