नियम १४
विषादी संश्लेषण गर्नेलाई इजाजतपत्र दिने
१४. विषादी संश्लेषण गर्नेलाई इजाजतपत्र दिने
(१) कुनै व्यक्ति, संस्था वा निकायले विषादी संश्लेषण गर्नको लागि नियम ११ बमोजिम समिति समक्ष इजाजतपत्रको लागि निवेदन दिएमा समितिले विषादी संश्लेषणका सम्बन्धमा निर्धारण गरेको मापदण्डको अधीनमा रही तत्सम्बन्धमा आवश्यक जाँचबुझ गरी इजाजतपत्र दिन उपयुक्त देखेमा समितिले तोकेको ढाँचामा विषादी संश्लेषण गर्ने इजाजतपत्र दिन सक्नेछ ।
(२) विषादी संश्लेषण गर्नेले इजाजतपत्रमा उल्लेख भएका शर्त र अवस्थाहरू पालना गर्नु पर्नेछ ।