ः (१) विषादी सम्बन्धी राष्ट्रिय नीति निर्धारण गर्ने विषयमा नेपाल सरकारलाई आवश्यक परामर्श दिन र विषादी सम्बन्धी राष्ट्रिय नीति कार्यान्वयन गर्न एक विषादी समितिको गठन हुनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहनेछन् –
(क) सचिव, कृषि मन्त्रालय – अध्यक्ष
(ख) प्रमुख, केन्द्रीय कीट बिज्ञान महाशाखा – सदस्य
(ग) प्रमुख, केन्द्रीय वाली रोग विज्ञान महाशाखा – सदस्य
(घ) प्रमुख, औलो उन्मूलन आयोजना – सदस्य
(ङ) प्रतिनिधि, नेपाल गुणस्तर कार्यालय – सदस्य
(च) प्रतिनिधि, खाद्यान्न बाली तथा मत्स्य विकास विभाग,
बाली संरक्षण शाखा – सदस्य
(छ) नेपाल सरकारद्वारा मनोनीत कृषि, पशु र वन विज्ञानसंग
सम्बन्धित वैज्ञानिक तीनजना – सदस्य
(ज) नेपाल सरकारद्वारा मनोनीत विषादी उद्यमी एकजना र
उपभोक्ता कृषक एकजना – सदस्य
(झ) नेपाल सरकारले तोकेको व्यक्ति – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (छ) र (ज) बमोजिम नेपाल सरकारद्वारा मनोनीत सदस्यहरुको पदावधि दुई वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुन मनोनीत हुन सक्नेछन् ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (२) को खण्ड (छ) र (ज) बमोजिम नेपाल सरकारद्वारा मनोनीत सदस्यलाई निजको पदावधि पूरा नहुँदै नेपाल सरकारले हटाउन सक्नेछ ।
(५) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समितिका सदस्यहरुमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(६) समितिले आवश्यक देखेमा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ वा सल्लाहकारलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा आमन्त्रण गर्न सक्नेछ ।