नियम १६
विषालु पदार्थ फ्याँक्न नपाइने
१६. विषालु पदार्थ फ्याँक्न नपाइने
निकुञ्जभित्र वा निकुञ्जभित्र पुग्ने गरी बाहिरबाट कुनै पनि व्यक्तिले कुनै किसिमको किटनाशक विष वा रासायनिक पदार्थ वा लठ्याउने वा विषालु पदार्थ फ्याँक्न वा निकुञ्जभित्र भएर बग्ने नदी खोला वा पानीको अन्य कुनै स्रोतमा हाल्न वा छर्न वा निकुञ्जभित्र पुग्ने गरी अरु तरिकाबाट हाल्न समेत हुँदैन ।