नियम १३
विस्फोटक पदार्थ थन्क्याई राख्न र स्थानान्तर गर्न चाहिने कुराहरू
ः– (१) विस्˚ोटक
पदार्थ थन्क्याई राख्न तथा स्थानान्तर गर्न चाहिने आवश्यकताहरू निर्दिष्ट गर्न विस्˚ोटक
पदार्थलाई देहाय बमोजिम वर्गीकरण गरिएको छ ः–
(क) कडा विस्˚ोटक पदार्थ ( हाई एक्स्ल्पोसिव ) जस्तै ः–
डाइनामाइट, नाइट्रोग्लिसरिन, टी.एन्.टी., जेलीग्नाइट,
मर्नक्टनरलाव इत्यादि ।
(ख) नरम विस्˚ोटक पदार्थ (लो एक्स्ल्पोसिव) जस्तै ः– (ब्लाष्टि·
पाउडर, गन पाउडर, (वारुद) इत्यादि ।
(ग) सामान्य विस्˚ोटक पदार्थ ः–
(१) डिटोनेटर जस्तै– ब्लास्टि· क्याप, इलेक्ट्रिक ब्लास्टि·
क्याप इत्यादि ।
(२) फ्यूज (सबै किसिमको)
(२) परिवहन वा चलन वा प्रयोग भइरहेमा वा एक एक दिनको कामलाई चाहिने
भन्दा कम परिमाणमा भएको बाहेक कसैले कुनै पनि विस्˚ोटक पदार्थ उपयुक्त स्टोरेज
म्यागजिन (विस्˚ोटक पदार्थ भण्डार) मा उचित तवरले थन्क्याई राख्नु पर्छ र यस्ता
म्यागजिन (भण्डारहरू) मा थन्क्याई राख्ने विस्˚ोटक पदार्थको प्रकार र परिमाणको विचार
राखी सुरक्षित ठाउँमा बलियो किसिमले बनाइएको र राम्रो हावा लाग्ने र उज्यालोको
प्रबन्ध समेत भएको हुनु पर्छ ।
(३) परिवहन वा चलन वा प्रयोग भइरहेको वा भण्डारमा थन्क्याई राखेको
विस्˚ोटक पदार्थलाई चोरीबाट बचाउन राम्रो रेखदेख गर्नु पर्छ ।
(४) विस्˚ोटक पदार्थ परिवहन गर्ने वा स्थानान्तर गर्ने वा थन्क्याई राख्ने वा
प्रयोग गर्ने व्यक्तिहरूले यस्तो काम होशियारी, सावधानी र निर्विघ्न तवरले गर्नुको
अतिरिक्त, जुनसुकै अवस्थामा पनि साधारण विवेक विचारले लिर्नुपर्ने अरु बचाउको उपाय
समेत गर्नु पर्छ ।
(५) विस्˚ोटक पदार्थ भण्डार रहेको स्थानमा “खतरा विस्˚ोटक पदार्थ” भनी
स्पष्ट लेखिएको चिन्ह संकेत राख्नु पर्छ ।
(६) कुनै पनि इजाजतपत्रवालाले इजाजतपत्र नभएका कुनै व्यक्तिलाई आफ्नो
म्यागजिनमा लगाइएको ताल्चाको सा“चो राख्न वा यसै नियम बमोजिम इजाजतपत्र
पाएका कुनै इजाजतपत्रवालाको साथ बाहेक आफ्नो म्यागजिन (विस्फोटक पदार्थ भण्डार)
भित्र पस्न वा विस्फोटक पदार्थ भएका कुनै बक्स टाइप म्यागजिन खोल्न दिनु हु“दैन ।तर एक दिनलाई काम चाहिने परिमाणसम्म विस्फोटक पदार्थ भएको भा“डो
खोल्न र स्थानीय अञ्चलाधीश वा अख्तियारवाला व्यक्तिले त्यस्तो अधिकारी पस्ने हकमा
यो उपनियम लागू हुने छैन ।