नियम ११
विस्फोटक पदार्थको खरीद बिक्री
(१) कसैले विस्फोटक पदार्थ पुन बिक्री गर्न परेमा
निजले बिक्री गर्ने लाइसेन्स पनि लिनु पर्नेछ ।
(२) विस्फोटक पदार्थ खरिद वा बिक्री गर्दा यसरी खरीद र बिक्री गर्ने दुवैले एक
अर्कोलाई आफ्नो इजाजतपत्र देखाउनु पर्नेछ र त्यसरी देखाइएका इजाजतपत्र बहालीमा
रहेको र देखाउने व्यक्तिकै हो भन्ने कुरा पक्का गर्नु पर्नेछ ।
(३) विस्फोटक पदार्थ बेच्ने व्यक्तिले हरेक बिक्रीको सम्बन्धमा आफ्नो विस्फोटक
पदार्थ खरीद गर्ने ग्राहकसंग अनुसूची ३ मा लेखिएको ढा“चाको भरपाई लिनु पर्दछ ।
(४) कसैले आफै आई विस्फोटक पदार्थ खरीद गर्न आउने व्यक्तिलाई उसको
इजाजतपत्र वा उक्त इजाजतपत्रको प्रमाणित नक्कल हेरी मात्र कुनै विस्फोटक पदार्थ
बिक्री गर्न पाइनेछ ।
(५) विस्फोटक पदार्थ बेच्ने व्यक्तिले ग्राहकको इजाजतपत्रको प्रमाणित नक्कलको
एक प्रति आफ्नो कार्यालयको फाइलमा राखेपछि मात्र डा“कबाट विस्फोटक पदार्थ बिक्री
गर्न पाउनेछ ।
(६) कसैले घुम्ती बिक्रेताद्वारा विस्फोटक पदार्थ खरीद गर्न चाहेमा निजले उक्त
विस्फोटक पदार्थको लागि आदेश दिंदा घुम्ती बिक्रेतालाई आफै इजाजतपत्र वा
इजाजतपत्रको प्रमाणित नक्कल देखाएपछि मात्र विस्फोटक पदार्थ बिक्री गर्न सकिनेछ र
सो घुम्ती बिक्रेताले उक्त आदेश आफ्नो मालिक कहा“ पठाउदा आफूलाई देखाइएका
इजाजतपत्रको प्रकार, नम्बर र इजाजतपत्र दिइएको मिति समेतको सूचना गर्नु पर्नेछ ।
(७) विस्फोटक पदार्थ प्रयोग गर्ने इजाजतपत्र लिएका कुनै व्यक्तिले नेपाल
सरकारको रक्षा मन्त्रालयसंग प्राप्त कुनै विस्फोटक पदार्थ खरीद गर्न चाहेमा सो चाहेको
कुरा कहा“ कुन ठाउ“मा के कामको लागि प्रयोग गर्न चाहिएको हो र कुन कुन विस्फोटक
पदार्थ कति कति मात्रामा चाहिएको हो सो समेत स्पष्ट खोली सम्बन्धित विभाग मार्फत
लिखित आवेदनपत्र दिनु पर्छ ।