नियम ३८
वि्यार्थीले पालना गर्नु पर्ने आचार संहिता
: वि्यार्थीले देहाय बमोजिमको आचार संहिता पालना गर्नु पर्नेछः- (क) अस्पतालमा आउने बिरामी प्रति जिम्मेवार भई आफ्नो सिकाई कार्य गर्ने, (ख) विभिन्न उपकरण र औषधीजन्य सामग्रीको संरक्षण गर्ने, (ग) स्वास्थसँग सम्बन्धित विषयमा सञ्चालन हुने शिविरहरूमा सकृय रूपमा भाग लिने, (घ) सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने, (ङ) शिक्षण संस्थाले निर्धारण गरेका अन्य आचार संहिता पालना गर्ने।