दफा २७
वेयर हाउस तोक्न सक्ने
(१) दफा २८ बमोजिमको कारोबार गर्ने प्रयोजनको लागि वस्तु विनिमय बजारले दफा ५ बमोजिम अनुमतिपत्र प्राप्त संस्थालाई वेयर हाउस तोक्न सक्नेछ ।
(२) वेयर हाउस तोेक्दा वस्तु विनिमय बजारले वेयर हाउससँग तोकिए बमोजिम सम्झौता गर्नु पर्नेछ र सम्झौताको एक प्रति वस्तु विनिमय बजारले त्यस्तो सम्झौता गरेको पन्ध्र दिनभित्र बोर्डसमक्ष पेश गर्नु पर्नेछ ।
(३) वस्तु विनिमय बजारले वेयर हाउस तोक्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।