दफा ४७
वेवारिसी वा दरिया बुर्दी काठको सूचना
दफा ४६ को उपदफा (२) बमोजिम वेवारिसी वा दरिया बुर्दी काठ जम्मा भएपछि त्यस्तो काठको पूरा विवरण र लगत सहितको सूचना सम्बन्धित डिभिजनल वन अधिकृतले सम्बन्धित वन कार्यालयमा टास गर्नु पर्नेछ र त्यस्तो काठमा हकदावी गर्नेले पन्ध्र दिनभित्र आफ्नो हकदावीको सबुत प्रमाण सहितको दरखास्त उक्त वन कार्यालयमा पेश गर्नु पर्नेछ ।