नियम ५७
वैकल्पिक हेरचाहको लागि पठाइएका बालबालिकाको अनुगमन
(१) बाल कल्याण अधिकारीले ऐनको दफा ४९ को उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिम वैकल्पिक हेरचाहका लागि पठाइएका बालबालिकाको अनुगमन प्रत्येक चार चार महिनामा गरी बालबालिकाको हेरचाह, शिक्षा, स्वास्थ्य, संरक्षण लगायतका विषय सहितको प्रतिवेदन सम्बन्धित स्थानीय बाल अधिकार समिति, प्रदेश बाल अधिकार समिति, परिषद् र मन्त्रालयमा पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम अनुगमन गर्दा उचित हेरचाह भएको नपाइएमा बालबालिकालाई पुन ऐनको दफा ४९ को उपदफा (२) बमोजिमको प्राथमिकताको आधारमा हेरचाहको व्यवस्था मिलाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम अनुगमन गर्दा सम्बन्धित व्यक्ति, परिवार वा संस्थाले प्रचलित कानून विपरीतको कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाहीको लागि बाल कल्याण (अधिकारीले सम्बन्धित निकायमा सिफारिस गरी पठाउनु पर्नेछ /।