दफा
वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकार
: (१) हुलाक वस्तुहरु हुलाकबाट आदान प्रदान गर्ने सम्बन्धमा युनिभर्सल पोष्टल युनियन विश्व हुलाक संघको सदस्य राष्ट्र वा अन्य कुनै विदेशी राष्ट्रसँग नेपाल सरकारको सम्झौता भएकोमा सोही सम्झौता बमोजिमको आधारमा र सम्झौता नभएकोमा सदस्य राष्ट्रको हकमा भए विश्व हुलाक संघको कन्भेन्सनको अधारमा र सदस्य राष्ट्र नभएका अन्य कुनै विदेशी राष्ट्रका हकमा भए आपसी समझदारीको आधारमा हुलाक वस्तुहरु पठाउँदा लाग्ने हुलाक महसुल र अरु दस्तुरहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम तोकेको महसुल र दस्तुर असुल गर्दाको शर्त बन्देजहरुको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।