दफा ८
व्यक्ति उपस्थित गराउने तथा व्यक्ति रहेको स्थान पत्ता लगाउन अनुरोध गर्न सक्ने
(१) न्यायिक कारबाहीमा सहयोग गर्न सक्ने कुनै व्यक्ति विदेशी राज्यमा रहेको कुरामा विश्वास गर्नु पर्ने पर्याप्त आधार भएमा अदालतले सो प्रयोजनको लागि आदेश गर्न सक्नेछ ।
(२) कुनै न्यायिक कारबाही सँग सम्बन्धित कुनै व्यक्ति रहेको विदेशी राज्यको स्थान पत्ता लगाउनु पर्ने वा व्यक्ति सनाखत गर्नु पर्ने भएमा अदालतले सो प्रयोजनको लागि आदेश गर्न सक्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम आदेश भएमा अदालतले त्यस्तो व्यक्तिलाई उपलब्ध गराई दिन वा त्यस्तो व्यक्ति रहेको विदेशी राज्यको स्थान पत्ता लगाउन वा सनाखत गरिदिन केन्द्रीय अधिकारी समक्ष अनुरोध गर्न सक्नेछ ।