नियम ४०
व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको स्थगित वा रद्द गर्ने सम्बन्धी व्यवस्था

(१) व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र बाहकले गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाको उल्लंघन गरेमा वा त्यस्तो व्यवस्था पिरित व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्रको प्रयोग गरेमा महानिर्देशकले त्यस्तो बाहकको व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र रद्द वा सोही आदेशमा उल्लेख भएको अवधिसम्मको लागि स्थगित गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र रद्द वा स्थगित गर्न आदेश दिनु अघि सम्बन्धित व्यक्तिगत ईजाजतपत्र, रेटिंग तथा प्रमाणपत्र बाहकलाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।