नियम २४
व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न दिने
: (१) ऐनको दफा २६ बमोजिम सम्बन्धित व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्नको लागि अनुसूची-३ बमोजिमको दस्तुर सहित निबेदन दिएमा सम्बन्धित स्थानीय पञ्निकाधिकारीले त्यस्तो अभिलेख हेर्न दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेकोमा त्यस्तो कार्यालयले सोको अभिलेख राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम कुनै व्यक्तिले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेरेकोमा त्यस्तो कार्यालयले सोको अभिलेख राख्नु पर्नेछ।