नियम २१
व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिने
: (१) ऐनको दफा २२ बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल लिन चाहने सरोकारवाला व्यक्तिले अनुसूची- २५ बमोजिमको ढाँचामा स्थानीय पञ्चिकाधिकारीको कार्यालयमा निबेदन दिनु पर्नेछ।

(२)/उपनियम (१) बमोजिम निवेदन परेमा स्थानीय पञ्जिकाधिकारीले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा रहेको व्यक्तिगत घटना दर्ता अभिलेख भिडाई दर्ता किताबको केफियत महलमा व्यहोरा जनाई पटकै पिच्छे अनुसूची- ३ बमोजिमको दस्तुर लिई त्यस्तो प्रमाणपत्रको नक्कल दिनु पर्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि काबु बाहिरको परिस्थितिको कारणले व्यक्तिगत घटना दर्ता प्रमाणपत्र हराएको बा नासिएको प्रमाणित भएमा उपनियम (२) बमोजिम लाग्ने दस्तुरको आधा दस्तुर लिई त्यस्तो प्रमाणपत्रको नक्कल दिइनेछ ।

(४) उपनियम (१) बमोजिम परेको निवेदन सम्बन्धी व्यक्तिगत घटना दर्ताको अभिलेख फेला नपरेको बा नष्ट भएको प्रमाणित भएको अबस्थामा स्थानीय पञ्जिकाधिकारीले देहाय बमोजिमको प्रक्रिया पूरा गरी अभिलेख फेला नपरेको वा नष्ट भएको कारण खुलाई व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिन सक्नेछ:-

(क) व्यक्तिगत घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्र अन्यत्र कुनै निकायमा रहेको भए सो फारामको आधारमा अभिलेख खडा गर्ने,

(ख) खण्ड (क) बमोजिम सूचना फाराम, प्रमाणपत्र बा अन्य कुनै प्रमाण प्राप्त नभएमा व्यक्तिगत घटना दर्ताको नयाँ सूचना फाराम भर्न लगाई सो सूचना फाराममा सूचकलाई सनाखत गर्न लगाउने र सोको आधारमा अभिलेख खडा गर्ने।

(५) उपनियम (४) बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिँदा थप पुष्टयाई आवश्यक देखिएमा स्थानीय पञ्जिकाधिकारीले त्यस्तो व्यक्तिसँग आफैँले सोधपुछ गरी स्थानीय वडाका जनप्रतिनिधि सहित कम्तीमा पाँच जना नेपाली नागरिकबाट सर्जमिन गराउन सक्नेछ। (६) यस नियम बमोजिम व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिई सकेपछि सक्कल प्रमाणपत्र फेला परेमा त्यसरी दिइएको प्रमाणपत्रको नक्कल स्वत: रह हुनेछ।