नियम २०
व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिने
: (१) नियम १७ बमोजिम व्यक्तिगत घटना दर्ता भएको आधारमा स्थानीय पञ्जिकाधिकारीले सम्बन्धित सूचकलाई देहायको ढाँचामा व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिनु पर्नेछ: -

(क) जन्म दर्ताको प्रमाणपत्र अनुसूची- २० बमोजिम,

(ख) मृत्यु दर्ताको प्रमाणपत्र अनुसूची-२१ बमोजिम,

(ग) बिबाह दर्ताको प्रमाणपत्र अनुसूची- २२ बमोजिम,

(घ) सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र अनुसूची- २३ बमोजिम,

(ङ) बसाइँ सराइ दर्ताको प्रमाणपत्र अनुसूची- २४ बमोजिम। (२) नियम १७४ को उपनियम (७) बमोजिम बिद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट व्यक्तिगत घटना दर्ता भएमा सोही माध्यमबाटै व्यक्तिगत घटना दर्ता प्रमाणपत्र जारी गर्न सकिनेछ।

(३) सूचकले स्थानीय पञ्जिकाधिकारी समक्कषा जन्म दर्ताको प्रमाणपत्र लिन आउँदा सम्भव भएसम्म त्यस्तो बच्चालाई समेत ल्याउनु पर्नेछ ।

तर कुनै कारणले बच्चालाई ल्याउन सम्भव नभएमा स्वास्थ्य संस्थाबाट जारी भएको जन्म प्रतिवेदन वा बच्चालाई खोप लगाएको प्रमाण पेश गर्नु पर्नेछ।