नियम १७
व्यक्तिगत घटनाको दर्ता गर्ने
: (१) नियम १६ बमोजिमको सूचना प्राप्त भएपछि स्थानीय पञ्जिकाधिकारीले प्राप्त सूचना फाराम तथा प्रमाणको सम्बन्धमा आवश्यकता अनुसार जाँचबुझ गरी देहाय बमोजिमको दर्ता किताबमा दर्ता गर्नु पर्नेछ:-

(क) जन्म दर्ता अनुसूची- १५ बमोजिम,

(ख) मृत्यु दर्ता अनुसूची-१६ बमोजिम,

(ग) बिवाह दर्ता अनुसूची-१७ बमोजिम,

(घ) सम्बन्ध बिच्छेद दर्ता अनुसूची-१८ बमोजिम,

(ङ) बसाइँ सराइ दर्ता अनुसूची-१९ बमोजिम।

(२) ऐनको दफा १८ को उपदफा (१) बा (२) मा: उल्लिखित अबधि समाप्त भएपछि व्यक्तिगत घटना दर्ता गर्न आएमा अनुसूची-३ बमोजिमको विलम्ब शुल्क लाग्नेछ।

(३) ऐनको दफा ३ बमोजिम परिचयपत्र लागू भएको जिल्लामा उपनियम (१) को खण्ड (क), (ग), (घ) वा (ङ) बमोजिमको व्यक्तिगत घटना दर्ता गर्दा स्थानीय पञ्चिकाधिकारीले आफ्नो सिफारिस सट्टित परिचय नम्बर उपलब्ध गराउन विभागमा लेखी पठाउनु पर्नेछ र विभागबाट प्राघ परिचय नम्बर व्यक्तिगत घटना दर्ता किताब तथा व्यक्तिगत घटना दर्ता प्रमाणपत्रमा समेत उल्लेख गर्नु पर्नेछ।

(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि व्यक्ति बेपत्ता भएको बा नाता कायम भएको अवस्थामा व्यक्तिगत घटना दर्ता गर्नु पर्ने अवस्था भएमा सम्बन्धित निकायबाट त्यस्तो व्यहोरा प्रमाणीकरण भए पछि मात्र स्थानीय पञ्जिकाधिकारीले अन्य रित पुन्याई व्यक्तिगत घटना दर्ता गर्नु पर्नेछ।

(५) नियम १६ को उपनियम (११) बमोजिम सुचना दर्ता भई सो नियमको उपनियम (१२) बमोजिम बुझ्दा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा त्यस्तो व्यक्तिगत घटना दर्ता नभएको यक्रिन भएमा सूचना प्राप्त भएको स्थानको स्थानीय पञ्चिकाधिकारीले सो व्यक्तिगत घटना दर्ता गरी सोको जानकारी सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पढाउनु पर्नेछ ।

(६) नियम १६ को उपनियम (१३) बमोजिम कारागारमा रहेका महिलाबाट जन्मेको बच्चाको जन्मदर्ताको लागि विवरण प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको स्थानको स्थानीय पञ्चिकाधिकारीले त्यस्तो बच्चाको जन्मदर्ता गर्नु पर्नेछ । (७) नियम १६ को उपनियम (४) बमोजिम विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट दिइएको व्यक्तिगत घटना दर्ताको सूचनाको आधारमा विभागले व्यक्तिगत घटना दर्ता गर्नेछ ।

(८) उपनियम (७) बमोजिम व्यक्तिगत घटना दर्ता गर्ने तथा सोको अभिलेख राखे सम्बन्धी अन्य व्यवस्था बिभागले निर्धारण बमोजिम हुनेछ।

(९) यस नियम बमोजिम व्यक्तिगत घटना दर्ता गर्ने प्रयोजनको लागि विभागले स्थानीय पञ्चिकाधिकारीलाई पञ्चीकरण व्यवस्थापन सूचना प्रणालीमा सुरक्षित पहुँच उपलब्ध गराउनेछ ।