नियम १६
व्यक्तिगत घटनाको सूचना दिनै
: (१) ऐनको दफा १८ को उपदफा (१) वा (२) बमोजिम सूचकले व्यक्तिगत घटनाको सूचना दिँदा देहाय बमोजिमको सूचना फाराम भरी स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पेश गर्नु पर्नेछ:-

(क) जन्मको सूचना अनुसूची- १० बमोजिम,

(ख) मृत्युको सूचना अनुसूची-११ बमोजिम,

(ग) विवाहको सूचना अनुसूची-१२ बमोजिम,

(घ) सम्बन्ध विच्छेदको सूचना अनुसूची-१३ बमोजिम,

(ङ) बसाइँ सराइको लगत हस्तान्तरणको सूचना अनुसूची- १४ बमोजिम ।

(२) ऐनको दफा १८ को उपदफा (१) बमोजिमको सूचक नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रचलित कानून बमोजिमको संरक्षाक वा माथवरले वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको सम्बन्धित वडा अध्यक्षाले सूचकको रुपमा व्यक्तिगत घटना दर्ता गर्नका लागि सूचना दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिमका व्यक्तिगत घटना दर्ताका सूचना फाराम बिभागले स्थानीय पञ्जिकाधिकारीको कार्यालय मार्फत बिना दस्तुर प्राप्त हुने ब्यवस्था मिलाउनु पर्नेछ।

(४) बिभागले विद्युतीय माध्यम (अनलाइन प्रणाली) बाट व्यक्तिगत घटना दर्ताको सूचना दिन सक्ने व्यवस्था मिलाउन सक्नेछ।

(५) उपनियम (४) बमोजिम विद्युतीय माध्यम [अनलाइन प्रणाली) बाट सूचना दिने व्यवस्था मिलाइएकोमा त्यसरी सूचना दिने र आवश्यक विवरण तथा कागजात पेश गर्ने सम्बन्धी अन्य व्यवस्था विभागले निर्धारण गरे बमोजिम हुनेछ।

(६) बिदेशी र नेपाली नागरिक बीचमा भएको विवाह दर्ता गर्नु परेमा प्रचलित कानून बमोजिम दर्ताद्वारा बिवाह गरेको प्रमाण सहित यस नियम बमोजिम सूचना दिनु पर्नेछ।

(७) ८ प्रचलित कानून बमोजिम सम्बन्ध विच्छेद भएकी: महिलाले व्यक्तिगत घटना दर्ता गर्न निजको हालको स्थायी गाना भएको स्थानीय पञ्चिकाधिकारीको कार्यालयमा सूचना दिन सक्नेछ ।

(द) उपनियम (७) बमोजिम सूचना प्रा भएमा सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयले त्यस्तो २००० हन), २१५००१२०१ ००२२ ९८ पितित०ः २७७०) उनि उन? ३२०:५५००७१६िकको वि? ५००० २० ४०२०४६०४०० पन २३/:८५/१४० न कुक पञ्जिकाधिकारीको कार्यालयबाट व्यक्तिगत घटना दर्ताको विवरण माग गर्नु पर्नेछ।

(१९) बाबु आमाको सम्बन्ध विच्छेद भई आमाको स्थायी ठेगाना फरक भएमा आमासँग रहने छोराछोरीको व्यक्तिगत घटना दर्ता गर्न आमाको स्थायी ठेगाना भएको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा सूचना दिन सकिनेछ। यसरी सूचना दिँदा बाबु तर्फको स्थायी ठेगाना भएको स्थानीय पश्चिकाधिकारीको कार्यालयबाट - त्यस्तो व्यक्तिगत घटना दर्ता भए वा नभएको व्यहोरा बुझ्नु पर्नेछ।

(१०) उपनियम (९) को प्रयोजनको लागि बाब्रु तर्फको स्थायी ठेगाना भएको स्थानीय पञ्निकाधिकारीको कार्यालयले त्यस्तो व्यक्तिगत घटना दर्ता भए नभएको यकिन गरी दर्ता भएको नदेखिए सो व्यहोरा प्रमाणित गरी दिनु पर्नेछ।

(११) व्यक्तिगत घटना स्थायी ठेगाना भन्दा फरक स्थानमा घटेको भए सम्बन्धित स्‌चकले त्यस्तो घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा व्यक्तिगत घटना दर्ताको लागि सूचना दिन सक्नेछ ।

(१२) उपनियम (११) बमोजिमको सूचना प्राप्त भएमा त्यस्तो स्थानीय पञ्चिकाधिकारीको कार्यालयले सम्बन्धित व्यक्तिको स्थायी ठेगाना भएको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा त्यस्तो व्यक्तिगत घटना दर्ता भए नभएको बुझी यकिन गर्नु पर्नेछ ।

(१३) प्रचलित कानून बमोजिम कारागारमा सजाय गी एट्टेको म्विलाब्ाठा कारागारमा जन्मेको बच्चाको जन्मदर्ताको लागि सम्बन्धित कारागार कार्यालय मार्फत सूचना दिन सकिनेछ र यसरी सूचना दिइएकोमा कारागार कार्यालयको प्रमुखले त्यस्तो सूचना फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा पठाउनु पर्नेछ।