दफा २५
व्यक्तिगत दुर्घटना बीमा गराउनु पर्ने
(१) पर्वतारोही दलले आफ्नोे खर्चमा सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, आधार शिविरका कामदार र उचाइमा जाने कामदारलाई काममा लगाउनु अघि तोकिएको बीमकसित तोकिएबमोजिमको रकमको व्यक्तिगत दुर्घटना बीमा गराई दिनु पर्नेछ । तर स्थानीय कामदारको हकमा व्यक्तिगत दुर्घटना बीमा गराउनु अनिवार्य हुनेछैन ।(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने व्यक्तिलाई बीच बाटोमा लिएको वा अन्य कुनै कारणले त्यस्तो व्यक्तिको बीमा गराउन नपाउँदै काममा लगाइएको बखत दुर्घटनामा परी मृत्यु भएमा वा चोट पटक लागेमा व्यक्तिगत दुर्घटना बीमा गराइएको भए निजले जे जति रकम पाउने थियो सोही बराबरको रकम निज वा निजको हकवालालाई सम्बन्धित पर्वतारोही दलले क्षतिपूर्तिको रूपमा दिनु पर्नेछ ।(३) स्थानीय कामदार काममा लगाइएको बखत दुर्घटनामा परी मृत्यु भएमा वा चोट पटक लागेमा निजको व्यक्तिगत दुर्घटना बीमा गराएको रहेनछ भने निज वा निजको हकवालालाई सम्बन्धित पर्वतारोही दलले उपदफा (२) बमोजिम क्षतिपूर्ति दिनु पर्नेछ ।स्पष्टीकरणः–यस परिच्छेदको प्रयोजनको लागि(क)“दुर्घटना” भन्नाले हिउँ वा उचाईबाट उत्पन्न रोग समेतलाई जनाउँछ ।(ख)“काममा लगाइएको बखत” भन्नाले काममा लगाउन बोल कबूल वा नियुक्त गरिएको ठाउँ र मितिदेखि काम समाप्त गरी सोही ठाउँमा फर्की आएको मितिसम्मलाई जनाउँछ ।