नियम ५
व्यक्तिगत विवरण पठाउनु पर्ने
(१) कार्यालयले कर्मचारीको व्यक्तिगत विवरण अनुसूची-१ बमोजिमको ढाँचामा तयार गरी त्यस्तो कर्मचारी कार्यालयमा हाजिर भएको मितिले पन्ध्र दिनभित्र कोषमा पठाउनु पर्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कोषले ऐन बमोजिम कोषबाट निवृत्तभरण पाउने गरी नियुक्त भएका कर्मचारीको विवरण यो नियमावली प्रारम्भ भएको तीस दिनभित्र कार्यालयसँग माग गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम माग भएको विवरण कार्यालयले पन्ध्र दिनभित्र कोषमा पठाउनु पर्नेछ।
(४) उपनियम/(१) वा (३) बमोजिम प्राप्त विवरणको आधारमा कोषले सम्बन्धित कर्मचारीको अभिलेख कोषद्वारा स्वीकृत ढाँचा वा प्रणाली बमोजिम राख्नु पर्नेछ।