दफा १७
व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार
: यस ऐनमा अन्यत्र उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिवा सो कोनमुना निकासी वा पैठारी भए वा नभएको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्ने,
(ख) अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्था वा निकायले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा अनुमतिपत्रमा उल्लिखित शर्त उल्लङ्घन गरेमा अनुमतिपत्र रद्द गर्ने,
(ग) सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको सम्बन्धमा अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्ने वा गराउने,
(घ) महासन्धिको कार्यान्वयनको स्थितिका सम्बन्धमा गर्नु पर्ने नीतिगत, संस्थागत र कानूनी उपायका सम्बन्धमा नेपाल सरकारको तर्फबाट आवधिक प्रतिवेदन तयार गर्ने,
(ङ) महासन्धि कार्यान्वयन सम्बन्धमा अन्य आवश्यक व्यवस्था गर्ने, र
(च) तोकिए बमोजिमका अन्य कार्य गर्ने ।