दफा १६
व्यवस्थापन निकाय
(१) यस ऐनको प्रयोजनको लागि देहायका निकायलाई व्यवस्थापन निकाय मानिनेछः–
(क) वन्यजन्तु वा सो को नमुनाको सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,
(ख) वनस्पति वा सो कोनमुनाको सम्बन्धमा वन तथा भू-संरक्षण विभाग ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै खास वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको सम्बन्धमा कुनै खास निकायलाई व्यवस्थापन निकायको रुपमा तोक्न सक्नेछ ।