दफा ३३
व्यवस्थापन समिति
(१) बैंकले गर्नु पर्ने कामहरु सुचारु रुपले सञ्चालन गर्न समितिको मातहतमा रहने गरी गभर्नरको अध्यक्षतामा एउटा व्यवस्थापन समितिको गठन हुनेछ । व्यवस्थापन समितिका अन्य सदस्यहरुमा दुईजना डेपुटी गभर्नर र सदस्य सचिवको रुपमा कार्य गर्न गभर्नरले तोकेको बैंकको एकजना वरिष्ठ अधिकृत रहनेछ । (२) उपदफा (१) बमोजिम गठन भएको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि गभर्नरले व्यवस्थापन समितिको बैठकमा भाग लिन बैंकका अन्य कुनै पनि अधिकृतलाई आमन्त्रण गर्न सक्नेछ । (४) समितिले आफनोे कार्य सम्पादन गर्ने सिलसिलामा आवधिक रुपमा देशको मोैद्रिक तथा आर्थिक अवस्थाको मूल्याड्ढन गर्नु पर्नेछ । यसका लागी व्यवस्थापन समितिले कम्तिमा महिनाको एक पटक समितिमा बैंकको प्रशासन र सञ्चालनका बारेमा, मौद्रिक तथा नियमन नीति सञ्चालनका बारेमा र देशको बैड्ढिड्ड प्रणालीको स्वस्थता, मुद्रा, पुँजी तथा विदेशी विनिमय बजारको अवस्था लगायत त्यस्ता नीतिहरुको कार्यान्वयन तथा त्यसले बैड्ढिड्ड प्रणालीमा पार्न सक्ने प्रभाव, परिस्थिति र महत्वपुर्ण घटनाहरुका बारेमा प्रतिवेदन पेश गर्नेछ ।