दफा
व्यवस्था
: यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम विनियममा अन्यथा लेखिएकोमा बाहेक संस्थानको सबै काम कारवाईको रेखदेख, निर्देशन र व्यवस्था समितिले गर्नेछ ।
तर समितिले यो ऐन वा यस ऐन अन्तर्गतका नियम वा विनियममा उल्लेख गरिएका आफ्नोे कर्तव्य र अधिकारहरूमध्ये आफूले आवश्यक एवं उचित देखेका कर्तव्य र अधिकारहरू म्यानेजिंग डाइरेक्टर वा एक वा एक भन्दा बढी सञ्चालकहरूको उप–समिति वा संस्थानका अरू पदाधिकारीले पालन तथा प्रयोग गर्ने गरी सुम्पन सक्नेछ।