दफा
व्यवस्था
: समितिको सबै काम कारवाईको रेखेदेख, निर्देशन र व्यवस्था बोर्डले गर्नेछ । साधारण सभाको व्यवस्था भएपछि सो सभाले पास गरे बमोजिम वा साधारण सभाको व्यवस्था नभएसम्म नेपाल सरकारबाट निर्णय भए बमोजिम गर्नु पर्ने गरी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा स्पष्ट लेखिए बाहेकका अरु काम कुराका सम्बन्धमा समितिलाई भएका सबै अधिकारहरूको प्रयोग र कर्तव्यहरूको पालना बोर्डले गर्नेछ ।
तर बोर्डले यो ऐन वा यस ऐन अन्तर्गतका नियममा उल्लेख गरिएका आफ्नो कर्तव्य र अधिकारहरू मध्ये आफूले आवश्यक एवं उचित देखेका कर्तव्य र अधिकारहरू महाप्रवन्धक वा एक वा एकभन्दा बढी सञ्चालकहरूको उप–समिति वा समितिका अरु पदाधिकारीले पालन तथा प्रयोग गर्ने गरी सुम्पन सक्नेछ ।