दफा
व्यापारिक पानी जहाजको दर्ता किताब
(१) व्यापारिक पानी जहाजको दर्ता किताब देहायका
लिखतहरु भएको व्यापारिक पानी जहाजको अभिलेख हुनेछ ः–
(क) मुख्य किताब (मेन बूक), र
(ख) त्यसका सहायक लिखतहरु (सेट अफ सर्पोर्टि· डकुमेण्टस) ।
(२) मुख्य किताब एउटै जिल्दभित्र राखिएका समाविष्ट भागहरु (ईन्सर्टेड पार्टस) को हुनेछ
र प्रत्येक समाविष्ट भाग देहायका कागजातहरु भएको हुनेछ ः–
(क) विवरण सम्बन्धी पाना (डेस्क्रिप्टिभ फोलियो),
(ख) स्वामित्व सम्बन्धी पाना (ओनरशिप फोलियो), र
(ग) भार तथा प्रतिबन्धहरु सम्बन्धी पाना (फोलियो अफ चार्चेज एण्ड
रेष्ट्रिक्शन्स) ।
(३) प्रत्येक व्यापारिक पानी जहाज मुख्य किताबको छुट्टै समाविष्ट भागमा दर्ता
गरिनेछ र प्रत्येक समाविष्ट भागको जिल्दमा समाविष्ट भाग नं. भन्ने जनाई मुख्य किताबको
क्रमसूचक संख्या, सम्बन्धित पानी जहाजको नाम तथा सांकेतिक (कार्ड) अड्ढ वा अक्षर वा दुवै
उल्लेख गरी शीर्षक राखिनेछ ।