दफा ३८
शत्रु सम्बन्धी कसुर
: देहायका कुनै कार्य गरेमा शत्रु सम्बन्धी कसुर गरेको मानिनेछ ः-
(क) आपूले सुरक्षाको जिम्मा लिएको कुनै ग्यारिजन, किल्ला, चौकी, ठाउँको पालो पहरा छोडेमा वा नामर्दगी गरी शत्रुलाई सुम्पिदिएमा वा त्यस्तो काम गर्न गराउन कुनै कमाण्डिङ्ग अधिकृत वा अरू कसैलाई प्रेरित गराएमा वा विवश पारेमा,
(ख) शत्रुको सामू लाजमर्दो किसिमले हात हतियार, खर–खजाना, सरसामान फ्याँकेमा वा काथरपना झल्किने अन्य दुव्र्यवहार गरेमा,
(ग) युद्ध वा सैनिक कारबाही चलिरहेको समयमा ग्यारिजन, क्याम्प वा पल्टनलाई हरेस खुवाउने वा आतङ्कित गराउने उद्देश्यले भूठ्ठा खबर पैलाएमा,
(घ) नेपाल राज्य विरुद्ध हात हतियार उठाइराखेको कुनै व्यक्ति वा शत्रुसँग देशका विरुद्ध विश्वासघात हुने गरी पत्र व्यवहार वा गोप्य खवर आदान प्रदान गरेमा वा अन्य कुनै काम गरेमा,
(ङ) शत्रुलाई हात हतियार, गोली–गठ्ठा, नगद जिन्सी लगायतका कुनै जिन्सी सर सामान दिई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मद्दत गरेमा,
(च) नेपाली सेना वा त्यसको कुनै बल वा अङ्गलाई असफल बनाउने कुनै काम गरेमा,
(छ) विश्वासघात गरी वा काथरपना देखाई शत्रु समक्ष युद्धविश्रामको झण्डा उठाएमा,
(ज) कैदी बनेको शत्रुसँग राजीखुशीले मिलेर काम गरेमा वा शत्रुलाई सहयोग गरेमा,
(झ) युद्धबन्दी भई नरहेको कुनै शत्रुलाई जानी जानी आश्रय दिएमा वा रक्षा गरेमा,
(ञ) लडाइँ वा आतङ्कको समयमा चपटे (सेण्ट्री) भएर आफ्नो पोष्टमा निदाएमा वा कुनै पनि प्रकारको लागू औषध वा मादक पदार्थ सेवन गरेमा,
(ट) यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिलाई शत्रु बिरुद्ध काम कारबाही गर्न नदिने, बाधा विरोध खडा गर्ने, हतोत्साह गर्ने उद्देश्यले जानी जानी कसैलाई प्रेरित गरेमा वा विवश पारेमा,
(ठ) जङ्गी कारबाहीमा लागेको बेलामा आफ्नो कमाण्डिङ्ग अधिकृतबाट विदा स्वीकृत नगराई हिंडेमा वा आफ्नो पोष्ट, गार्ड, पिकेट, पेट्रोल वा समूहबाट रीतपूर्वक बदला नभई वा विदा नपाई छोडी गएमा ।