दफा ३
शपथ लिनु पर्ने
(१) प्रचलित कानून बमोजिम शपथ लिनु पर्ने सार्वजनिक पदधारण गर्ने व्यक्तिले आफ्नो कार्यभार सम्हाल्नु अघि संविधान वा अन्य प्रचलित कानूनमा तोकिएको पदाधिकारीबाट प्रचलित कानूनमा तोकिए बमोजिमको ढाँचामा पद तथा: गोपनीयताको शपथ लिनु पर्नेछ।
(२) संविधान वा अन्य प्रचलित कानूनमा शपथ लिनु पर्ने, व्यवस्था रहेको तर त्यस्तो कानूनमा शपथ सम्बन्धी ढाँचा उल्लेख नभएकोमा त्यस्तो सार्वजनिक पदधारण गर्ने व्यक्तिले अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ। (३) प्रचलित कानून बमोजिम सार्वजनिक पदमा नियुक्त, निर्वाचित वा मनोनयन भएको तर तत्सम्बन्धी कानूनमा शपथ लिनु पर्ने व्यवस्था नभएकोमा त्यस्तो सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपाल सरकारले तोकेको अधिकारीबाट अनुसूची बमोजिमको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।