नियम
शपथ
यस परिच्छेद बमोजिम मेलमिलापकर्ताको रुपमा सूचीकृत भएको व्यक्तिले देहायको अधिकारी समक्ष अनुसूची–४ बमोजिमको ढा“चामा शपथ लिनु पर्नेछः–
(क) सर्वोच्च अदालतको हकमा सो अदालतले तोकेको अधिकारी,
(ख) उच्च अदालतको हकमा सो अदालतको मुख्य न्यायाधीश,
(ग) एकजना मात्र जिल्ला न्यायाधीश भएको जिल्ला अदालतको हकमा सम्बन्धित जिल्ला न्यायाधीश र एक भन्दा बढी जिल्ला न्यायाधीश भएको जिल्ला अदालतको हकमा सो अदालतको वरिष्ठतम जिल्ला न्यायाधीश,
(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित अधिकारी वा निकाय बाहेक अन्य मुद्दा हेर्ने निकाय वा संस्थाको हकमा सो निकाय वा संस्थाको प्रमुख ।