नियम ३७
शिक्षक, प्रशिक्षक तथा कर्मचारीले पालना गर्नु पर्ने आचार संहिता
: चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाका शिक्षक, प्रशिक्षक तथा कर्मचारीले देहाय बमोजिमको आचार संहिता पालना गर्नु पर्नेछ
(क) आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्ने, (ख) विद्यार्थीहरूलाई प्रयोगात्मक कार्य गराउँदा आफू स्वयं उपस्थित भई बिरामीको भावनामा नकारात्मक असर पुग्न नदिने, (ग) विपद् वा आपातकालिन समयमा चिकित्सा सेवा प्रदान गर्न तयार रहने, (घ) आफ्नो शिक्षण संस्थाको अस्पतालमा उपचारत बिरामीको उपचारको सम्बन्धमा बिरामीका आफन्तलाई जानकारी गराउने ।