नियम ३४
शिक्षण संस्थाको दायित्व
चिकित्सा शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने शिक्षण
संस्थाको दायित्व देहाय बमोजिम हुनेछ:- क नेपाल सरकारका जिल्ला अस्पताल तथा अन्य अस्पताल समेत समेटेर पठन पाठन तथा सम्पूर्ण सेवाको उपयोगी सहजकर्ताको भूमिका निभाउने र सो कार्यका लागि अस्पतालको नजिक आफ्नो आवासीय भवन निर्माण गर्ने,
ख सामाजिक उत्तरदायित्वको रुपमा सबै क्षेत्रलाई समेट्ने गरी विशेषज्ञ सेवा सहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने,
ग चिकित्सा शिक्षा आयोगले तोकेको न्यूनतम मापदण्ड पूरा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने र अस्पतालमा निर्धारित सिट क्षमता सहित गुणस्तरीय सेवा उपलब्ध गराउने,
घ प्रचलित कानून बमोजिम तोकिएका निःशुल्क शैयालाई पारदर्शी रुपमा प्रयोगमा ल्याउने,
ङ आफ्नो शिक्षण संस्थामा पढाई हुने विषयगत क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने र आवश्यक उपकरणको व्यवस्था मिलाउने,
च आयोगले तोकेका सबै तह र विधाका मापदण्ड तथा शुल्कसम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गर्ने,
छ मापदण्ड पूरा गर्न नसकी शिक्षण संस्था बन्द गर्नु पर्ने अवस्था आएमा बन्द हुनु पूर्व अध्ययनरत विद्यार्थीहरूको पढाई सम्बन्धित विश्वविद्यालयको समन्वयमा पूरा गराउने दायित्व निर्वाह गर्ने,
ज आयोगबाट माग भएको अवस्थामा आवश्यक पर्ने विशेषज्ञ सेवा सहितको जनशक्ति उपलब्ध गराउने,
झ. सम्बन्धित शिक्षण संस्थाबाट उत्सर्जित फोहोरको समुचित व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने,
ञ अनुसन्धानात्मक लेख सहितको कम्तीमा वर्षको एउटा जर्नल वार्षिक रुपमा प्रकाशन गर्ने,
ट विभागीय प्रमुख बाहेकका पदाधिकारी सम्मिलित सामाजिक परीक्षण समिति गठन गरी वार्षिक रुपमा सामाजिक परीक्षण गराई सोको प्रतिवेदन सार्वजनिक गर्ने।