नियम २२
शिक्षण संस्थाको सर्त र मापदण्ड
(१) ऐनको दफा २३ बमोजिम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषय अध्यापन गराउने शिक्षण संस्थाले सञ्चालन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गर्दा पूरा गर्नुपर्ने सर्त तथा मापदण्ड परिषद्ले निर्धारण गर्नेछ।
(२) शिक्षण संस्थाले शैक्षिक कार्यक्रम सञ्चालन गर्दा उपनियम (१) बमोजिम परिषद्ले निर्धारण गरेको सर्त र मापदण्ड पालना गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको सर्त र मापदण्ड पूरा गरे वा नगरेको सम्बन्धमा नियम २३ को उपनियम (१) को खण्ड (च) बमोजिमको शैक्षिक परामर्श: तथा शिक्षण संस्था नियमन समितिले समय समयमा अनुगमन गरी परिषद्लाई प्रतिवेदन पेस गर्नु पर्नेछ।
(४) ऐनको दफा २५ को उपदफा (२) बमोजिम मन्त्रालयले शिक्षण संस्थासँग माग गरेको थप विवरण वा स्पष्टीकरण सम्बन्धित शिक्षण संस्थाले पत्र प्राप्त गरेको मितिले पन्ध्र दिनभित्र मन्त्रालयमा पेस गर्नु पर्नेछ।