नियम २१
शिक्षा तालीम सुविधा आदिको व्यवस्था
: (१) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई नियमित शिक्षाको अतिरिक्त व्यावसायिक शिक्षा तथा सीपमूलक तालिम समेत प्रदान गर्न सकिनेछ ।
(२) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकलाई तिनीहरुको शारीरिक अवस्था अनुकूल विभिन्न किसिमका खेलकूद, मनोरन्जन तथा सांस्कृतिक कार्यक्रम एवं अन्य अतिरिक्त क्रियाकलापमा समेत संलग्न गराउन सकिनेछ ।
(३) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई नियमित स्वास्थ्य परीक्षण र आवश्यकता अनुसार औषधोपचारको सुविधा प्रदान गर्न सकिनेछ ।
(४) बाल कल्याण गृह, बाल सुधार गृह, अनाथालय तथा सुस्तमनस्थिति केन्द्रमा बस्ने बालकहरुलाई जिल्ला बाल कल्याण समितिको सिफारिसमा केन्द्रीय बाल कल्याण समितिले निर्धारण गरे बमोजिमका खाने, लाउने र बस्ने सुविधाहरु प्रदान गर्न सकिनेछ ।