दफा ५
शिक्षा, अनुसन्धान तथा विकासमा सूचना तथा सञ्चार प्रविधि
१२.५.१. शैक्षिक सेवालाई सर्वसुलभ तथा प्रभावकारी बनाउन अनलाईन सिकाई पद्धतिको विकास एवं प्रयोगलाई प्रोत्साहन गर्दै लगिनेछ ।
१२.५.२. प्राथमिक, माध्यमिक तथा उच्च शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ ।
१२.५.३. रोजगार मुखि दक्षता अभिवृद्धि गर्न राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पाठ्यक्रम तथा दक्षता प्रमाणीकरण पद्धतिको विकास गरी लागू गरिनेछ ।
१२.५.४. शिक्षक तालिम केन्द्रहरुलाई क्षमता अभिवृद्धिका विशेष कार्ययोजना मार्फत शिक्षकहरुलाई सूचना तथा सञ्चार प्रविधिमा स्तरीय तालिम प्रदान गर्न व्यवस्था मिलाइनेछ ।
१२.५.५. सरोकारवालाहरु समेतको संलग्नतामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी खोज तथा अन्वेषण प्रवर्द्धन गर्न विशेष कार्यक्रम लागु गरिनेछ ।
१२.५.६. दूर्गम तथा प्रविधिको पहुँचबाट बाहिर रहेका समुदायका विद्यार्थी, शिक्षक तथा शैक्षिक संस्थाहरुमा सूचना सञ्चार प्रविधि उपकरण तथा सेवाहरुमा सर्वसुलभ पहुँच सुनिश्चित गरिनेछ ।
१२.५.७. सूचना तथा सञ्चार प्रविधिमा नवीनतम खोज तथा अनुसन्धान प्रवर्द्धन गर्न विश्वविद्यालय, र राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धान संस्थाहरुसंगको सहकार्यलाई निरन्तर प्रोत्साहन गर्दै लगिनेछ ।
१२.५.८. विद्यालयहरूमा विद्युतीय पुस्तकालय को अन्तरसञ्जाल निर्माण गरिनेछ ।
१२.५.९. खुला विश्व विद्यालय (open university) र द्-शिक्षा सिकाइ (distance learning) मा सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गरीने छ।