दफा
शिक्षा, अन्वेषण र विकासमा सूचना तथा सञ्चार प्रविधि
११.५.१ शैक्षिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिलाई समायोजन गर्दै तालिम तथा शैक्षिक गुणस्तर अभिवृद्धिको लागि विशेष कार्यक्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।

११.५.२. राष्ट्रव्यापी रुपमा विद्युतीय विधालय (e‐School) तथा अन्य सम्बन्धित कार्यक्रमहरु तर्जुमा गर्दै विद्युतीय सिकाइ (e‐learning), विद्युतीय शिक्षा (e‐education) कार्यान्वयन गर्नुका साथै जीवन पर्यन्त सिकाइलाई प्रवर्द्धन गरिनेछ । उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरुको समेत सूचना तथा सञ्चार प्रविधिमा क्षमता अभिवृद्धि गरिनेछ ।

११.५.३. शिक्षा मन्त्रालय द्वारा तर्जुमा गरिएको शिक्षामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धि गुरुयोजना (ICT in Education Master Plan) को प्रभावकारी कार्यान्वयनको लागि विशेष व्यवस्था मिलाईनेछ ।