दफा १९
शिक्षाध्यक्ष
(१) उपकुलपतिको सिफारिशमा कुलपतिले विश्वविद्यालयको शिक्षाध्यक्षको नियुक्ति गर्नेछ ।
(२) शिक्षाध्यक्ष विश्वविद्यालयमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) शिक्षाध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
(४) शिक्षाध्यक्षको अनुपस्थितिमा शिक्षाध्यक्षले गर्ने काम गर्न उपकुलपतिले डीनहरू मध्येबाट कुनै एक जनालाई नियुक्त गर्नेछ ।
(५) शिक्षाध्यक्षको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिएबमोजिम हुनेछ ।
(६) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक र अनुसन्धानात्मक कार्यहरूको रेखदेख र समन्वय गर्नेछ ।
(७) उपकुलपतिको अनुपस्थितिमा शिक्षाध्यक्षले उपकुलपतिको काम गर्नेछ ।
(८) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक निकायहरूको कामको रेखदेख गर्नेछ ।
(९) शिक्षाध्यक्षले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक गुणस्तरको अभिवृद्धि गर्ने योजना तथा कार्यक्रम बनाउनेछ ।
(१०) शिक्षाध्यक्षले सभाको निर्णय वा आदेशलाई अभिल्लेख गरी राख्नु पर्नेछ । सो निर्णय वा आदेशको एक प्रति कुलपति समक्ष पठाउनु पर्नेछ ।
(११) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।