नियम २३
शुल्क निर्धारण
(१) आयोगले समितिको सिफारिसमा चिकित्सा शिक्षाका सबै विधा र कार्यक्रमका लागि शिक्षण शुल्क निर्धारण गर्नेछ।

(२) ऐनको दफा १८ को उपदफा (२) को खण्ड (ग) बमोजिम नर्सिङ्‌, आयुर्वेद लगायत अन्य चिकित्सा शिक्षा विधाका विषयहरुमा लिइने शुल्क सम्बन्धित शिक्षण संस्थाको परामर्शमा आयोगले निर्धारण गरे बमोजिम हुनेछ।

छू पहिलो संशोधनद्वारा थप।