नियम १५
शून्य समय र विशेष समय
(१) सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषयमा भनाई राख्न अध्यक्षले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ । (२) उपनियम (१) बमोजिमको शून्य समय र विशेष समयमा प्रस्तुत विषयहरूको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनलाई उपलब्ध गराउनु पर्नेछ ।