दफा १४६
शेयरधनीको हिसाब किताब निरीक्षण गर्ने अधिकार
: (१) प्राइभेट कम्पनीका शेयरधनी वा निजको प्रतिनिधिले कार्यालय समयभित्र कम्पनीको कारोबारसँग सम्बन्धित देहायका कागजात वा अभिलेखको निरीक्षण गर्न सक्नेछ ः-
(क) साधारण सभा र सञ्चालक समितिको निर्णय पुस्तिका,
(ख) वार्षिक आर्थिक विवरण,
(ग) शेयर दर्ता किताब, र
(घ) कम्पनीको लेखा ।
(२) प्राइभेट कम्पनीका सञ्चालक वा पदाधिकारीले उपदफा (१) बमोजिमका कागजात तथा अभिलेखहरु शेयरधनीहरुले निरीक्षण गर्न पाउने गरी पर्याप्त व्यवस्था मिलाउनु पर्नेछ ।