नियम
शेैक्षिक योग्यता सम्बन्धी व्यवस्था
कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनको निमित्त
राजपत्राङ्कित पदहरुको हकमा नियमावलीको नियम ८१ को उपनियम (३) बमोजिमको
शैक्षिक योग्यता र राजपत्र अनङ्कित पदहरुको हकमा तत् तत् पदहरुमा सेवा प्रवेशको लागि
निर्धारित शैक्षिक योग्यता आवश्यक पर्नेछ ।
तर यी नियमहरु प्रारम्भ हु“दाको बखत कुनै समूहमा बहाल रहेका कर्मचारीको हकमा
निजले त्यस्तो समूहमा प्रवेश गर्दा तत्काल प्रचलित कानून बमोजिम तोकिएको शैक्षिक योग्यता
नै यस नियमको प्रयोजनको निमित्त न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।