नियम २५
शैक्षिक प्रगतिको समीक्षा र सुधार
(१) बाल सुधार गृहले बालबालिकाको शैक्षिक प्रगतिको नियमित समीक्षा गरी सो को विवरण राखनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिमको समीक्षामा आवश्यकता अनुसार बालबालिकाको अभिभावकलाई समेत सहभागी गराउनु पर्नेछ ।

(३) बालबालिकाको शैक्षिक प्रगतिमा समस्या देखिएमा सम्बन्धित शिक्षक तथा आवश्यकता अनुसार मनोविमर्शकर्ताको सल्लाह लिई सोही बमोजिम समस्या देखिएका बालबालिकाको पढाइमा विशेष सहयोग पुग्ने गरी बाल सुधार गृहले आवश्यक व्यवस्था गर्नु पर्नेछ ।