नियम ७१
शैक्षिक योग्यता तथा तालिमको श्रेणी बापतको अङ्क
(१) ऐनको दफा ३४ बमोजिम शैक्षिक योग्यता वा तालिम बापतको अङ्क दिंदा शैक्षिक योग्यता वा तालिमको प्रमाणपत्रमा उल्लिखित श्रेणीका आधारमा अङ्क दिइनेछ ।
(२) श्रेणी नखुलेको शैक्षिक योग्यताको हकमा प्राप्ताङ्कको आधारमा त्रिभुवन विश्वबिदालय वा नेपालका अन्य विश्वबिदालयले निर्धारण गरेको श्रेणी वा सो सम्बन्धी नीति अनुसारको श्रेणी कायम गरिनेछ ।
(३) उपनियम (१) र (२) बमोजिम श्रेणी नखुलेको शैक्षिक योग्यता बापत द्वितीय श्रेणी बराबरको अङ्क दिईनेछ ।
(४) सम्बन्धित प्रमाणपत्रमा श्रेणी नखुलेको तालिम बापत द्वितीय श्रेणीको अङ्क दिईनेछ ।