नियम ३०
शैक्षिक योग्यता
(१) शिक्षकलाई शैक्षिक योग्यता वापत अङ्क प्रदान गर्दा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता वापत प्रथम श्रेणीको लागि १५ अङ्क, द्वितीय श्रेणीको लागि १३ अङ्क र तृतीय श्रेणीको लागि ११ अङ्क दिइनेछ ।
(२) न्यूनतम शैक्षिक योग्यता भन्दा माथिको शैक्षिक उपाधि हासिल गरेको भए एक शैक्षिक शैक्षिक उपाधिसम्मको लागि प्रथम श्रेणीको लागि ५ अङ्क, द्वितीय श्रेणीको लागि ४ अङ्क र तृतीय श्रेणीको लागि ३ अङ्क दिइनेछ ।
(३) कुनै शिक्षकले न्यूनतम शैक्षिक योग्यता भन्दा माथिल्लो एक भन्दा बढी उपाधि हासिल गरेको भएमा शिक्षकले रोजेको कुनै एक उपाधिको मात्र अङ्क दिइनेछ ।
(४) श्रेणी नखुलेको शैक्षिक योग्यता वापत द्वितीय श्रेणीको अङ्क दिइनेछ ।