दफा १४
श्रमिक माग गर्न सक्ने
(१) रोजगारदाताले कुनै कार्यका लागि आफूलाई आवश्यक पर्ने श्रमिकको सङ्ख्या, योग्यता र अवधि खुलाई सोको सूचना रोजगार सेवा केन्द्रलाई दिनेछ।

(२) रोजगारदाताले कुनै कार्यका लागि स्थानीयस्तरमा आफूलाई आवश्यक पर्ने श्रमिक रोजगार सेवा केन्द्र मार्फत माग गर्न सक्नेछ।

(३) उपदफा (१) र (२) बमोजिम श्रमिक माग गर्दा तोकिए बमोजिमको ढाँचामा श्रमिकको सङ्ख्या, श्रमिकको योग्यता, क्षमता, सीप र कामको प्रकृति खुलाई रोजगार सेवा केन्द्रमा लेखी पठाउनु पर्नेछ।