नियम २२
श्रेणी विहीन÷राजपत्र अनंकित पाँचौं श्रेणीको पद

(१) अनुभवको आधारमा सीप विकास हुने एकै प्रकारको कार्य प्रकृति भएका अनुसूची–२ मा उल्लिखित पदहरू श्रेणी विहीन पद मानिने छन् ।
(२) उपनियम (१) बमोजिमका श्रेणी विहीन पदमा कार्यरत कर्मचारीहरू ऐनको दफा १४ को उपदफा (३) बमोजिम श्रेणीमा आवद्ध हुन चाहेमा राजपत्र अनंकित पाँचौ श्रेणीमा कायम गरिनेछ ।
(३) उपनियम (२) बमोजिम राजपत्र अनंकित पाँचौ श्रेणीमा कायम हुने कर्मचारीहरूले साविकमा खाई पाई आएको तलव घट्ने छैन ।
(४) ऐन तथा यस नियमावली बमोजिम राजपत्र अनंकित पाँचौ श्रेणीमा कायम भएका र सो श्रेणी तथा साविकको श्रेणी विहिन पदमा रहि कार्यरत अवधि समेत गरी ऐनको दफा ३९ बमोजिमको सेवा अवधि पुगेका श्रेणी विहीन। राजपत्र अनंकित पाँचौं श्रेणीका कर्मचारी अनिवार्य अवकाश हुँदा निजलाई सो दफा बमोजिम राजपत्र अनंकित तृतिय श्रेणी को पदमा बढुवा गरी अवकाश दिइनेछ । यसरी बढुवा हुने कर्मचारीको अवकाश पछिको सुविधा हिसाव गर्दा साविक तलबमान वा बढुवापश्चातको तलबमान मध्ये जुन बढी हुन्छ सोही बमोजिमको सुविधा पाउनेछ ।
(५) ऐनको दफा १७ को उपदफा (५) बमोजिमको आन्तरिक प्रतियोगितात्मक परीक्षामा राजपत्र अनंकित पाँचौं श्रेणीमा कायम भएका कर्मचारीहरू समेत सहभागी हुन सक्नेछन् ।