नियम ३२
श्रेस्तेदार तोक्ने
न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको सामान्य निर्देशन तथा नियन्त्रणमा रही त्यस्ता न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको सामान्य प्रशासन सम्बन्धी काम गर्न नेपाल सरकारले नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अधिकृत स्तरको एक, एक जना कर्मचारीलाई न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरणको श्रेस्तेदारको रूपमा काम गर्न तोक्नु पर्नेछ ।