दफा १
संक्षिप्त नाम , विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१” रहेको छ ।
(२) यो ऐन नेपाल………..भित्र वा बाहिर जहाँसुकै रहे बसेको भए तापनि सबै नेपाली नागरिक र नेपाल…………..भित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुनेछ ।
(३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ ।