दफा
संक्षिप्त नाम, विस्तार र प्रारम्भ

(१) यस ऐनको नाम “नेपाल सन्धि ऐन, २०४७” रहेको छ ।

(२) यो ऐन २०४७ साल कार्तिक २३ गतेदेखि प्रारम्भ भएको मानिनेछ ।

(३) यो ऐन संवत् २०४७ साल कात्तिक २३ गतेपछि नेपाल वा नेपाल सरकार पक्ष हुने सन्धिको सम्बन्धमा लागू हुनेछ ।