नियम
संगठनको काम, कर्तव्य र अधिकार
ऐनको दफा ६ बमोजिमका काम, कर्तव्य र अधिकारका अतिरिक्त संगठनको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) संकटोत्पन्न क्षेत्र, शत्रुजीव मुक्त क्षेत्र, शत्रुजीव मुक्त उत्पादन स्थल वा कम शत्रुजीव संक्रमित क्षेत्रको घोषणा गर्ने,
(ख) बिरुवा, बिरुवाजन्य उपजहरुको परीक्षण, अनुसन्धान, पोष्ट इण्ट्री क्वारेण्टाइन स्थल, कम शत्रुजीव संक्रमित क्षेत्र तथा उपचार गर्न निजीस्तरबाट प्रयोगशाला वा उपचार कक्षको स्थापना गर्दा पालना गर्नु पर्ने मापदण्ड तोक्ने,
(ग) बिरुवा वा बिरुवाजन्य उपजको परीक्षण, उपचार वा अनुसन्धान गर्न निजीस्तरबाट स्थापित खण्ड (ख) बमोजिमको मापदण्ड पूराभएका
प्रयोगशालालाई यस नियमावलीको प्रयोजनको लागि तोक्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(घ) जीवित परिमार्जित वस्तु, अनुवांशिक परिमार्जित वस्तु वा ट्रान्सजेनिक पदार्थको प्रवेशबाट बिरुवामा पर्न सक्ने जोखिमको व्यवस्थापनका लागि अनुसन्धान कार्यलाई प्रोत्साहन गर्ने,
(ङ) नियमित शत्रुजीवको नियमित अध्ययन, अनुसन्धान तथा अनुगमन गरी सो सम्बन्धी सूचनाहरु अद्यावधिक गरी सम्बन्धित निकाय वा संस्थालाई जानकारी गराउने,
(च) नेपालको कुनै एक क्षेत्रमा शत्रुजीवको प्रवेश भएमा अन्य क्षेत्रमा त्यसको पैmलावट रोक्न यथाशिघ्र आवश्यक नियन्त्रणात्मक प्रकृयाहरु अपनाई सम्बन्धित निकाय वा संस्थालाई जानकारी गराउने,
(छ) क्वारेन्टाईन शत्रुजीवहरुको पैmलावटबाट आर्थिक हानि नोक्सानी हुन सक्ने अवस्था देखिएमा नियन्त्रणका लागि आन्तरिक क्वारेन्टाईन लागू गर्ने,
(ज) अन्तर्राष्ट्रियस्तरमा अपनाइएका मापदण्ड अनुकूल हुने गरी निकासी वा पैठारी हुने काठका सामग्री तथा कन्साइनमेन्टलाई प्याकेजिङ्ग गर्ने काठका सामग्री र बिरुवा स्वस्थता सम्बन्धी कार्यविधि तथा मापदण्ड तयार गरी लागू गर्ने, गराउने,
(झ) ऐन तथा यस नियमावली बमोजिम निर्धारित मापदण्ड पूरा गरेका निजी स्तरका प्रयोगशाला, पोष्ट इण्ट्री क्वारेण्टाइन स्थल, कम शत्रुजीव संक्रमित क्षेत्र वा उपचार कक्षलाई मान्यता प्रदान गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ञ) पोष्ट इण्ट्री सुविधा, परीक्षण केन्द्र, प्रयोगशाला र उपचार प्रक्रिया सम्बन्धी कार्य गर्नका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने,
(ट) निर्यात प्रवद्र्धनका लागि गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्न असल कृषि कार्यविधि (गुड एग्रीकल्चर प्राक्टिसेज) स्वीकृत गराई लागू गर्ने ।