दफा ३३
संरक्षक वा माथवर व्यक्तिको मञ्जुरी लिनु पर्ने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐनमा सम्बन्धित व्यक्तिको मञ्जुरीमा सार्वजनिक गर्न वा गोपनीयता खुलासा गर्न सकिने भनी उल्लेख भएका विषयहरू अठार वर्ष उमेर नपुगेको वा मानसिक अवस्था ठीक नभएको वा बौद्धिक अपाङ्गता भएको व्यक्तिसँग सम्बन्धित भएमा त्यस्तो विषय सार्वजनिक गर्दा वा सोसँग सम्बन्धित गोपनीयता खुलासा गर्दा निजको हित हुने भई निजको संरक्षक वा माथवर व्यक्तिले मञ्जुरी दिएको अवस्थामा मात्र सार्वजनिक गर्न वा गोपनीयता खुलासा गर्न सकिनेछ।